|  

पीएम कपमा एपीएफसँग गण्डकी पराजित

१० चैत, काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा एपीएफ क्लबले गण्डकी प्रदेशलाई पराजित गरेको छ ।

एक्स्ट्रा टेक ओभलमा आज भएको खेलमा एपीएफले गण्डकीलाई ३१ रनले हराएको हो । २५९ रनको लक्ष्य पछ्याएको गण्डकीले पूरै ओभरमा ८ विकेटको क्षतिमा २२७ रन मात्र बनाउन सक्यो ।  पहिले ब्याटिङ गरेको एपीएफ ४९.२ ओभरमा २५८ रन बनाएर अलआउट भएको थियो ।