|  

विदेशबाट पैसा पठाउँदै हुनुहुन्छ ? यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

११ चैत्र, काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आज (सोमबार)को लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।

जस अनुसार आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ २६ पैसा र बिक्रीदर १३७ रुपैयाँ ८६ पैसा कायम भएको छ ।

त्यसैगरी युरोपियन युरो एकको खरिददर १४८  रुपैयाँ  ४५ पैसा र बिक्रीदर १४९ रुपैयाँ, १० पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७७  रुपैयाँ ३३ पैसा र बिक्रीदर १७८ रुपैयाँ ११ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५५  रुपैयाँ  ३९ पैसा र बिक्रीदर १५६  रुपैयाँ ०७ पैसा कायम गरिएको छ।