|  

अमेरिकासँगको वार्ता सकारात्मक भएको युक्रेनको ठहर

११ चैत्र, काठमाडौं ।  युक्रेनी अधिकारीले साउदी अरेबियामा युक्रेनी र अमेरिकी अधिकारीबीचको वार्ता सकारात्मक भएको ठहर गरेका छन् ।

युक्रेनी रक्षा मन्त्री रुस्टम उमेरोभले वार्तामा ऊर्जा लगायतका महत्त्वपूर्ण विषयमा केन्द्रित रहेको बताए।उनले राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीको युक्रेन र सिङ्गो युरोपको भविष्यको सुरक्षासहित स्थायी शान्तिको चाहना भएको बताए ।

सोमबार साउदी अरेबियामा नै रुसको प्रतिनिधिमण्डलसँग अमेरिकी अधिकारीकोसाथ भेट हुनेछ।यसअघि अमेरिकाले राखेको ३० दिने युद्ध विरामको प्रस्ताव रुसले अस्वीकार गरेको थियो भने युक्रेनले स्वीकार गरेको थियो।