|  

सुन प्रतितोला १ लाख ७३ हजार ५०० रुपैयाँ !

११ चैत्र, काठमाडौं ।  साताको कारोबारको दोस्रो दिन आज (सोमबार) सुनको मूल्य घटेको छ ।

 नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा ६०० रुपैयाँले घटेको हो । जस अनुसार आज छापावाला सुन नेपाली बजारमा प्रतितोला १ लाख ७३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि आइतबार छापावाल सुन तोलामा १ लाख ७४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ ।

आइतबार तोलामा १ हजार ९८० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।