|  

गायक घमेशले ल्याए नयाँ गित ‘जवानीमा बिताको पल मिठो’

११ चैत्र काठमाडौँ। लोकप्रिय गायक घमेश दुलाल र लोकप्रिय गायिका शारदा रसाईलीको स्वरमा रहेको नयाँ गित ‘जवानीमा बिताको पल मिठो’ बोलको गित सार्वजनिक भएको छ ।

अशोक कुमार सापकोटाको शब्द रहेको गितमा अमन दुलालले संगीत भरेका छन् । जसमा नारायण दंगालले संगीत संयोजन तथा ध्वनि सम्पादनको काम गरेका छन् । डेनिश खनालको छायांकन रहेको भिडियोमा रोशन धितालले कलर सम्पादन गरेका हुन् । भिडियोलाई दिनेश डाँगीले निर्देशन गरेका छन् । भिडियोमा लक्ष्मी सुनार र दिपेन्द्र सुनाम लगायत् फिचर्ड भएका छन् । गितको म्युजिक भिडियो घमेश दुलालको अफिसियल युट्युभ च्यानलमा सार्वजनिक गरिएको छ ।