|  

एलन मस्ककी जेठी छोरी भन्छिन्ः थाहा छैन मेरा कति भाइ बहिनी छन्

११ चैत्र, काठमाडौं ।  खर्बपति अमेरिकी व्यापारी एलन मस्ककी जेठी छोरी भिभियन जेना विल्सनले आफ्नो जटिल पारिवारिक सम्बन्धबारे खुलेर कुरा गरेकी छिन् ।

मस्क र उनकी पहिलो श्रीमती जस्टिन विल्सनकी छोरी हुन् भिभियनले टिन भोगसँगको एक अन्तरवार्तामा आफ्ना कति जना भाइबहिनी छन् भन्ने कुरा आफूलाई थाहा नभएको बताएकी थिइन् । यो एउटा प्रश्न नै भएको उनले अन्तरवार्तामा भनेकी थिइन् ।

‘तपाईंले मेरो सौतेनी भाई बहिनीलाई गन्नुहुन्छ भने मलाई साँच्चै थाहा छैन मेरा कति जना भाइबहिनी छन् । यो त रमाइलो तथ्य हो ।’ उनले भनिन् । अन्तरवार्तामा उनले आफ्नो पिताको बढ्दो परिवारबारे असामान्य तरिकाले थाहा पाएको पनि खुलासा गरिन् ।

‘मैले पनि अरू सबैले जस्तै गरी शिभोन जिलिसका बारेमा थाहा पाएँ । मलाई पहिले यसको बारेमा कुनै जानकारी थिएन’ उनले भनिन् । मस्क र सङ्गीतकार ग्राइम्सको दोस्रो सन्तानको बारेमा आफूले रेडिटको पोष्टबाट थाहा पाएको उनले बताइन् ।

मस्क र आफ्नो आमाको सम्बन्ध विच्छेद भइसकेको अनि आमा र आफू दुबै उनीसँग नबस्ने उनले बताइन् । पिताको वर्तमान परिवारसँग आफू सम्पर्कमा नभएको र उनीहरूले जे गरे पनि मतलब नभएको उनले बताइन् ।