११ चैत, काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक सुरु भएको छ । केही बेरअघिदेखि सिंहदरवारमा तीन दलका शीर्ष नेताहरूको बैठक जारी छ।
बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित तीनै दलका शीर्ष नेताहरू सहभागी छन् ।
बैठकमा संक्रमणकालीन न्याय, पछिल्लो समय बढिरहेको राजावादीको सक्रियतालगायतका विषयमा छलफल भइरहेको छ । यस बैठकअघि ‘प्रचण्ड’ले शीतल निवास पुगेर राष्ट्रपतिसँग भेट गरेका थिए ।