|  

बालेनले ‘टुकुचामा गाड्छु’ भन्ने स्टाटस मदिराकाे तालमा लेखेकाे युवा संघकाे आरोप !

१२ चैत, काठमाडौं । नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालको काठमाडौं महानगर कमिटीले महानगरका मेयर बालेन्द्र साह बालेनले मदिरा सेवन गरेर आपत्तिजनक स्टाटस लेखेलको आरोप लगाएको छ ।

अध्यक्ष दिपेश सुधाकारले एक विज्ञप्ति जारी गर्दै बालेनले गय राती लेखेको स्टाटस ‘‘टुकुचामा गाड्छु’ भन्ने अभिव्यक्तिप्रति युवा संघ महानगर कमिटीको ध्यानाकर्षण भएको जनाएका छन् । कमिटीले उक्त स्टाटस अनुसन्धानको दायरामा ल्याउन समेत माग गरेको छ । कहिले सिंहदरबारमा आगो लगाउँछु त कहिले टुकुचामा गाड्छु जस्ता आपत्तिजनक अभिव्यक्ति दिने मेयर बालेनलाई कानूनी कठघरामा उभ्याउन सरोकारवाला निकायसँग संघले विज्ञप्तिमार्फत माग गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘आफ्नो पदीय जिम्मेवारी भुलेर पब र क्लबहरुमा रमाउँदै सस्तो लोकप्रियता र सामाजिकसञ्जालमा लाइक बटुल्नका लागि यस्ता स्तरहीन अभियव्यक्ति नदिन र तथ्यलाई अतिरञ्जित गरी समाजलाई भड्काउने अभिव्यक्ति नदिन सचेत गराउँछौ।’

गय राती बालेनले लेखेकाे स्टाटस यस्ताे छ, ‘काठमाडौं महानगरपालिकाको सरसफाई कर्मचारीले विगत ३ महिनादेखि तलब पाको छैन, सरकारको दम्भले । को-कोले के-के आन्दोलन गर्ने हो, मलाई थाह छैन, अबको एक हप्तामा हाम्रो कर्मचारीले तलब पाएन भने सबैलाई टुकुचामा गाडदिन्छु ! त्योपछि हेरौँला तिमीहरुको के-के तन्त्र हो ।’