|  

राजसंस्था र हिन्दुराष्ट्रको मागसहित राप्रपाद्वारा आन्दोलन घोषणा

१३ चैत्र, काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टीले उपत्यका केन्द्रित आन्दोलनको घोषणा गरेको छ ।

मंगलबार काठमाडौंमा बसेको राप्रपा आन्दोलन परिचालन मूल समितिले पार्टी पूर्वरूपमा आन्दोलनमा होमिने निर्णय गर्दै आन्दोलनका कार्यक्रम तय गरेको हो । 

बैठकले चैत २६ गते काठमाडौंमा बागमती प्रदेशस्तरीय विरोधसभासहितको प्रदर्शन गर्ने र वैशाख ७ गतेबाट राजधानी केन्द्रित आन्दोलनका कार्यक्रम गर्ने निर्णय गरेको छ ।

बैठकले राजसंस्था, हिन्दुराष्ट्रको पक्ष र संघीयताको विपक्षमा शान्तिपूर्ण रूपमा हुने जुनसुकै आन्दोलनलाई समर्थन गर्ने निर्णय पनि गरेको छ । त्यस्तै बैठकले कुलमान घिसिङलाई पदबाट हटाउने निर्णयप्रति विरोध प्रकट गर्ने निर्णय गरेको छ।