१३ चैत्र, काठमाडौं । दाङको घोराही उपमहानगरपालिका–९ खैरास्थित साङ्ग्रिला प्लाई उद्योगमा लागेको आगो २ पछि नियन्त्रणमा आएको छ ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रहरी वरिष्ठ उपरीक्षक जनार्दन जिसीका अनुसार हिजो दिउँसोदेखि आगो नियन्त्रणमा आएको हो । आगो नियन्त्रणमा आइसकेकाले बाहिरी जिल्लाबाट आएका दमकल पनि फिर्ता पठाइसकिएको उनको भनाइ छ ।
आइतबार बिहान करिब २ बजेतिर आगलागी भएको थियो तर, लामो समयसम्म आगो नियन्त्रण हुन नसकेपछि चौतर्फी आलोचना पनि भएको थियो । आगलागीबाट भएको क्षतिको विवरण भने अझै आएको छैन ।