|  

इरान लगातार चौथो पटक फिफा विश्वकपमा छनोट

१३ चैत्र, काठमाडौं । एसियाली राष्ट्र इरान अर्को वर्ष अमेरिका, क्यानडा र मेक्सिकोमा हुने फिफा विश्वकप २०२६ मा छनोट भएको छ ।

एसियाली छनोट अन्तर्गत गएराती उज्वेकिस्तान विरुद्ध २–२ को पुनरागमन बराबरी खेल्दै इरान लगातार चौथो पटक फुटबल विश्वकपमा छनोट भएको हो ।उज्वेकिस्तानका लागि एर्किनोभले १६औं र फाएजुल्लाएभले ५३औं मिनेटमा गवल गरेका थिए ।

इरानका लागि तारेमीले ५२औं र ८३औं मिनेटमा गोल गरे ।समग्रमा भने इरान विश्वकपमा छनोट भएको सातौं पटक हो । यसअघि इरानले सन् १९७८, १९९८ र २००६ मा विश्वकप खेलेको थियो ।

२०१० मा छनोट हुन नसकेको इरानले सन् २०१४ देखि लगातार तीन पटक विश्वकप खेलिसकेको छ । सन् २०२६ को फिफा विश्वकपमा ४८ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् ।