१३ चैत्र, काठमाडौं । भारतको उत्तर प्रदेश राज्यस्थित बबलूले आफ्नै पत्नीको विवाह गराइदिएका छन् ।
बबलू दम्पतीका दुई सन्तान छन् । कामको सिलसिलामा बबलू घर बाहिरै रहने गर्दथे । यस बिचमा राधिकाले अर्कै एक युवकसँग प्रेम गर्न थालिन् । बबलूका परिवारले यो कुरा थाहा पाए ।
बबलू घरमा आएको मौका छोपेर परिवारले यसबारे जानकारी गराए । बबलूले पत्नी राधिकाले जे चाहन्छिन्, त्यही हुन्छ भनेर परिवार र समाजका सामु राधिकाको इच्छा सोधे । राधिकाले आफू प्रेमीसँगै बस्ने इच्छा राखेपछि बबलूले उनको विवाह गरिदिएका हुन् ।