|  

रायसीनामा नेपालको भाष्य

१३ चैत्र, काठमाडौं । विपिन देव - सन् २०१६ देखि अनुष्ठान हुंदै आएको रायसीना सम्बाद सांग्रीला संम्बाद र मूनिच कनफरेनस् जस्तै विश्वव्यापी भइरहेको छ । सन् २०२५ को रायसीना सम्बाद मार्च १७ देखि १९ सम्म दिल्लीमा सम्पन्न भएको छ । 

विश्वका कहलिएका चिन्तकहरू उक्त सम्वादमा सहभागी भएका थिए । भारतका परराष्ट्र मन्त्रालय र अष्जर्भर रिसर्च फाउन्डेसनको संयुक्त आयोजनामा भएको रायसनिा सम्बादको प्रमुख अतिथिको रूपमा न्यूजील्याण्डका प्रधानमन्त्री  “क्रिवटोफर लुक्सोन” रहेका थिए । रायसीना सम्बादमा विभिन्न मुलुकहरूका नेतृत्वगणको समेत सहभागीता रहेको थियो । १२५ भन्दा अधिक राष्ट्रहरूको बौद्धिक व्यक्तिहरू उक्त सम्वादमा सहभागी भएका थिए । 

३५०० व्यक्तिहरू सहभागीका रूपमा रहेका थिए । सम्वाद, अन्र्तक्रिया, बहस, सहमति, विमति, आरोप र प्रत्यारोपको गोलचक्करमा उक्त सम्बादमा संसारका हरेक मौलिक मुद्दाहरू माथि चिरफार गर्ने प्रयत्न गरेको देखिन्छ । सन् २०२५ को रायसीना सम्बादमा वक्ताको रूपमा नेपालबाट परराष्ट्रमन्त्री डा. आरजु देउवा सहभागी भएकी थिइन । डा. देउवाले दक्षिणी गोलार्धको समस्यालाई उठान गरेकी थिइन । संसारका १२५ देशहरू भन्दा अधिक देश दक्षिणी गोलार्धमा रहेका छन् । आर्थिक रूपले दक्षिणी (ग्लोवल साउथ) का मुलुकहरू पिडित र प्रताडित देखिएका छन् । अन्तर्राष्ट्रिय वित्तिय संस्थाहरूको दक्षिणी गोलार्ध प्रति उदार हुन मन्त्री देउवाले आग्रह गरेकी छन् । वर्तमान परिवेशमा दक्षिणी गोलार्धमा अधिकांश मुलुकहरू आर्थिक दिवालीयापनको संघारमा रहेको कुरा समेत डा. देउवाले आप्mनो अभिभाशणमा उल्लेख गरेकी छन् । वडो कटाक्षपूर्ण शैलीमा दक्षिणी गोलार्धमा भइरहेको नेतृत्वको होडवाजीलाई समेत उनले इंकित गरेकी थिइन् ।

नेपालको तर्पmबाट उनले वातावरणीय संकट प्रति समेत आफ्नो  अभिमत व्यक्त गरेकी थिइन् । वदलिदो परिवेशमा वातावरणीय संकटको मूल्य गरिव राष्ट्रहरूले वहन गरिरहेको कुरा समेत उल्लेख गरेकी थिइन् । भूमंडलीकरण र खुला अर्थ व्यवस्थाको कारण औद्यौगिकीकरण र शहरीकरणले गर्दा सार्मथ्यवान मुलुकहरूले आर्थिक विकासमा उ‘चाई प्राप्त गरेता पनि गरिव मुलुकहरू त्यसको प्रकोपबाट पिडित रहेको कुरा डा. आरजुले प्रष्ट गरेकी थिइन् । नेपालमा प्रयाप्त मात्रामा वन र जंगल भएता पनि प्राकृतिक प्रकोपले गर्दा गत हिउ‘दमा नेपालले ४५ विलियन अमेरिकी डलरको क्षति भोग्नु परेको कुरा रायसीना सम्बादमा डा. देउवाले उल्लेख गरेकी छन् । 

वास्तवमा रायसीना सम्बादको अर्जुनदृष्ट्रि नै ट्रम्प सून्य दशमलव दुईको पराकम्पनमा केन्द्रित रहेको थियो । शित युद्धताका अमेरिका र सोभियत यूनियनको जि.डि.पी. कुल जि.डि.पी.को ८० प्रतिशत रहेको थियो । तर वर्तमान परिवेशमा अमेरिका र चीनको जि.डि.पी. ५० प्रतिशत रहेको छ । रायसीना सम्बादमा चिन्तकहरूले रसिया, चीन र अमेरिकाको गठजोड भएको खण्डमा विश्व व्यवस्था कस्तो हुनेमा शास्त्रार्थ गरेका थिए । अर्थात् अमेरिकाले पानामा र ग्रीनल्याण्डमा अधिपत्य कायम गरेमा, चीनले ताइवान र दक्षिण चीन सागरमा आफ्नो  हैकम कायम गरेका खण्डमा र रसीयाले युक्रेनलाई आफ्नो  दवदवामा राख्न सफल भएको खण्डमा विश्व व्यवस्था नै पूर्ण रूपले विखण्डित हुने वक्ताहरूको अभिमत रहेको थियो । 

रायसीना सम्वादमा वक्ताहरूले शस्त्र र सार्मथ्यको होडवाजीमा समेत चिन्ता व्यक्त गरेका थिए । अर्थात् चीनको दक्षिण सागर र गलवान वोर्डरमा भइरहेको सैन्य भण्डारण, इजरायलको मध्य एसीयामा सैनिक परिचालन, रसियाद्वारा युक्रेन माथि भएको आक्रमण, सिरिया लगायत रुवाण्डामा भएको सैनिक गतिविधि, पाकिस्तान र अफगानीस्तान विचको द्वन्द, अरबेनीया र अजरर्वेजान विच भएको भिडन्तमा सैनिकीकरणले गर्दा विश्व व्यवस्था अस्तव्यस्त भइरहेको समिक्षकहरूको व्याख्या रहेको थियो । 

रायसीना सम्वादमा ट्रम्प र राष्ट्रपति सीले आफ्नो  घरेलु राजनीतिक भाष्यलाई कट्टर राष्ट्रवादमा परिणत गरिरहेको कुरा समेत वक्ताहरूले प्रष्ट गरेका थिए । रायसीना सम्वादमा अमेरिका र युरोप विचको सम्बन्ध पनि मुख्य विषय रहेको थियो । अर्को शब्दमा भन्ने हो भने युरोपले आप्mनो सुरक्षाको दस्तुर अमेरिकालाई बुझाउनु पर्ने कुरा छलफलको विषय वस्तु रहेको थियो । वर्तमान परिवेशमा १२ प्रतिशत जनसङ्ख्या भएको युरोप प्रविधि, पू‘जी, सुविधा र सम्पन्नताले गर्दा अब्वल रहेको छ । 

अर्थात् ग्यॉस र उर्जाको लागि रसीया माथि निर्भर, पू‘जी र निवेशको लागि चीन माथि निर्भरता र सुरक्षाको लागि अमेरिका माथि निर्भरताले गर्दा युरोपेली युनियन विकल्पको खोजीमा रहेको कुरा रायसीना सम्वादमा छलफल भएको देखिन्छ । रायसीना सम्वादमा शक्तिकेन्द्रहरू वर्तमान विश्व व्यवस्था प्रति असंतुष्ट भएको कुरा समेत प्रष्ट देखिन्छ । ट्रम्पको नारा “मेक अमेरिका ग्रेट ऐगेन”, राष्ट्रपति सीको नारा “चीनको सपना” र पुटिनको “सोभियत यूनियनको सार्मथ्य प्रत्यारोपण”ले वर्तमान विश्व व्यवस्था विखण्डित भइरहेको कुरा रायसीना सम्बादले चिरफार गरेको देखिन्छ । 

रायसीना सम्बादमा शक्तिकेन्द्रहरूको वर्चश्वलाई सन्तुलन गर्न दक्षिणी गोलार्धका मुलुकहरू विच समन्वय हुनु पर्ने वक्ताहरूको अभिमत रहेको थियो । रायसीना एक वैचारीक महाकुम्भ थियो । शास्त्रार्थको माध्यमबाट शास्वत् समस्याहरू माथि वौद्धिक मन्थन गर्नु पर्ने वौद्धिक परम्पराको प्रारुप हो । महाकुम्भको लगतै बैचारीक महाकुम्भ हुनु भारतीय कूटनीतिको सफलता हो । नेपालको सहभागिताले दक्षिणी गोलार्धको आवाजलाई ध्वनित गरेको देखिन्छ ।