|  

प्रतिनिधिसभाको बैठक दाेस्राे पटक पनि स्थगित, अर्को बैठक भाेलि बस्ने

१३ चैत, काठमाडाैं । विपक्षी दलहरूले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएको विषयमा प्रधानमन्त्रीको जवाफ माग गर्दै आजको बैठक अवरोध गरेका छन् ।

आज प्रतिनिधिसभा बैठक सुरु हुनासाथ विपक्षी दलहहरूले उभिएर विरोध जनाएका थिए । कुलमान घिसिङलाई हटाएको विषयमा प्रधानमन्त्रीको जवाफ नआएसम्म सदन अवरोध जारी राख्ने उनीहरुको भनाई छ । 

सभामुखको पटक-पटकको आग्रह पछि पनि विरोध जारी राखेपछि बैठक आधा घण्टाका लागि स्थगित भएको थियो । तर आधा घण्टाका लागि स्थगित भएको प्रतिनिधिसभा बैठक ढिलो गरी झण्डै ३ घण्टापछि सुचारु भएको थियो । तर पुनः प्रतिपक्षी दलहरुले विरोध कायमै राखेपछि दोस्रो पटक बसेको बैठक पनि स्थगित भएको छ । अब अर्को बैठक चैत १५ गते बिहान ११ बजे बस्ने सभामुख देवराज घिमिरेले जानकारी दिएका छन् ।