१३ चैत, काठमाडौं । बझाङमा माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएर घर फर्केकी एक किशोरी मृत फेला परेकी छन् ।
केदारस्यूँ गाउँपालिका-१ रायलका शिक्षक तथा साहित्यकार पूर्ण मल्लकी १७ वर्षीया छोरी आकांक्षा हिजो साँझ घरकै कोठामा मृत भेटिएकी हुन । उनले आत्महत्या गरेको प्रहरीले जनाएको छ । उनको साथमा ‘सुसाइड नोट’ पनि भेटिएको छ । अरु कसैले नभई आफ्नै कारणले आत्महत्या रोजेको लेखिएको छ । तर कारण उल्लेख गरिएको छैन ।