|  

समाजवादी मोर्चाको बैठक जारी

१३ चैत, काठमाडौं । समाजवादी मोर्चाको बैठक सुरू भएको छ ।

आज अपराह्न काठमाडौंको आलोकनगरस्थित एकीकृत समाजवादीको कार्यालयमा बैठक सुरू भएको हो । बैठकमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव र नेसपा अध्यक्ष महेन्द्र राय यादव सहभागी छन् ।

समाजवादी मोर्चाले गणतन्त्रका पक्षमा चैत १५ गते काठमाडौंमा प्रदर्शन गर्दैछ ।