|  

उपत्यका विकास प्राधिकरणको कार्यालयमा तालाबन्दी

१३ चैत, काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणको कार्यालयमा तालाबन्दी गरिएको छ ।

प्रमुख एवं विकास आयुक्त जानुका ढकाल र नायब आयुक्त नवराज प्याकुरेलको कार्यकक्षमा तालाबन्दी भएको हो । आज दिउँसो प्राधिकरणका कर्मचारीले प्रमुख ढकालको कार्यकक्षमा विभिन्न माग राख्दै कार्यालयमा तालाबन्दी गरेका हुन । कर्मचारीले संस्थामा कर्मचारी हुँदाहुँदै गैरकानुनी रुपमा करार र ज्यालादारी भर्ना गरिएको, निजामती कर्मचारीबाट कार्यालय सञ्चालन गरिँदै आएको लगायतका विषयमा असन्तुष्टि राख्दै उनीहरूले तालाबन्दी गरेका छन् । उक्त कार्यहरू बन्द गरिनुपर्ने भन्दै कर्मचारीहरूले ज्ञापन पत्र ढोकामा टाँसेका छन् ।

 यसअघि भएका सहमतिहरू पालना गर्न कर्मचारीहरूले ध्यानाकर्षण पनि गराएका छन् ।