|  

गणतन्त्रको पक्षमा रहेका सबै दलसँग सहकार्य गर्नुपर्छः राजेन्द्र पाण्डे

१३ चैत्र, काठमाडौं ।  नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले मुलुकमा राष्ट्रिय स्वाधीनतालाई बलियो बनाउन सङ्घीय लोकतान्त्रिक गणतन्त्र शासन व्यवस्थाका पक्षमा जनमत सिर्जना गर्नुपर्ने बताएका छन् ।

समाजवादी प्रेस सङ्गठनद्वारा आयोजित कार्यक्रममा उनले प्रतिगामी शक्तिका विरुद्ध सङ्घर्षको तयारी गर्न आवश्यक रहेको बताउँदै त्यसका लागि गणतन्त्रको पक्षमा रहेका सबै दलसँग सहकार्य गर्नुपर्नेमा जोड दिए ।

मोर्चा फाँट प्रमुखसमेत रहेका उपाध्यक्ष पाण्डेले देशको पछिल्लो राजनीतिक परिस्थिति संवेदनशील बन्दै गएकाले प्रतिगामी हर्कतलाई असफल बनाउन समाजका सबै क्षेत्रबाट सहयोगको अपेक्षा गरे ।