|  

दक्षिण कोरियामा अहिलेसम्मकै ठुलो डढेलोः मृ#त्यु हुनेको संख्या २६ पुग्यो

१३ चैत्र, काठमाडौं ।  दक्षिण कोरियामा अहिलेसम्मकै सबैभन्दा ठुलो डढेलोमा मृत्यु हुनेको संख्या २६ पुगेको छ । यसमा ३० जना घाइते भएका छन् जसमध्ये ८ जनाको अवस्था गम्भीर रहेको छ ।

बुधबार डढेलो नियन्त्रणका लागि परिचालन गरेको हेलिकप्टर दुर्घटना हुँदा एक जना पाइलटको निधन भएको थियो । कम्तीमा ३ जना अग्नि नियन्त्रकहरूले पनि ज्यान गुमाइसकेका छन् । डढेलो नियन्त्रण गर्नका लागि हजारौँ अग्नि नियन्त्रकहरूका साथै सैनिक परिचालन गरिएको छ ।

डढेलो सांस्कृतिक सम्पदाहरूमाथि ठुलो खतरा बनेको छ । उइसोङ सहरमा आगलागीका कारण सन् ६१८ मा बनेको गौन्सा मन्दिर ध्वस्त बनेको छ । यो डढेलो गत शुक्रबार सान्चेओङ काउन्टीबाट सुरु भएको थियो ।

हालसम्म यो थप ६ वटा काउन्टीमा फैलिसकेको छ । तीव्र र  सुक्खा हावाको कारण यो अझ फैलिरहेको छ ।देशको इतिहासमा यो सबैभन्दा ठुलो डढेलो भएको बताइएको छ ।