|  

ललितपुरमा खुकुरी प्रहार गरी रामेछापका युवकको ह#त्या, एक जना पक्राउ

१३ चैत्र, काठमाडौं ।  ललितपुरको इमाडोल स्थित ओचुहाइटमा एकजना युवकको हत्या भएको छ ।

रामेछाप घर भएर महालक्ष्मी नगरपालिका–४ ओचुहाइट बस्ने ३० वर्षीय रिपक खातीको हत्या भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।

गएराति पौने १ बजेतिर रामेछाप घर भएका सुमन रसाइलीले उनलाई खुकुरी प्रहार गरेर हत्या गरेका हुन् । हत्यामा संलग्न २५ वर्षीय रसाइलीलाई पक्राउ गरिएको हो । आपसमा विवाद हुँदा आरोपीले खुकुरी प्रहार गरेका हुन् ।