|  

युद्ध अन्त्य गर्न माग गर्दै गाजावासीहरू हमासविरुद्ध प्रदर्शनमा उत्रिए

१३ चैत्र, काठमाडौं । इजरायल–हमास युद्धका कारण क्षतिग्रस्त भएको गाजा सहरमा हजारौँ प्यालेस्टाइनी नागरिकहरूले लगातार दोस्रो दिन शान्तिपूर्ण जनप्रदर्शनमा भाग लिएका छन् ।

प्रदर्शनमा भाग लिएका प्यालेस्टाइनी प्रदर्शनकारीहरूले १७ महिनादेखि जारी इजरायलसँगको युद्ध अन्त्य गर्न माग गर्दै हमासविरुद्ध नाराबाजी गरेका हुन् । ती प्रदर्शनहरू मुख्यतः गाजाको उत्तरी भेगमा केन्द्रित भएको बताइएको छ । गाजाको बीत लाहियामा मंगलबारदेखि प्रदर्शन सुरु भएको हो ।

प्रदर्शनमा बुधबार पनि लगभग ३,००० जनाले सहभागिता जनाएको बताइएको छ । गाजा सहरको ध्वस्त शिजायाहमा पनि दर्जनौँ पुरुष प्रदर्शनमा सहभागी भएका थिए । उनीहरूले ‘हमास, गेट आउट!’ भनेर नारा लगाएका थिए ।