|  

चीनले टिकटक बेचे भन्सार शुल्क घटाउने ट्रम्पको प्रस्ताव !

१३ चैत्र, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकको बिक्रीका लागि चीनलाई एक प्रस्ताव राखेका छन्।

ट्रम्पले टिकटक बिक्री प्रक्रिया सुनिश्चित गरे अमेरिकाले चीनमाथि लगाइएको भन्सार शुल्क घटाउन तयार रहेको बताएका छन् । टिकटक चिनियाँ कम्पनी बाइटडान्स स्वामित्वको एप हो ।

ट्रम्पले टिकटक खरिद गर्ने कुनै गैर–चिनियाँ खरिदकर्तालाई खोज्न ५ अप्रिलको समयसीमा लम्ब्याउन आफू तयार रहेको पनि बताएका छन् ।

बुधबार ट्रम्पले पत्रकारहरूसँग भने, ‘टिकटकको विषयमा चीनले भूमिका निभाउनुपर्छ। मलाई लाग्छ, उनीहरूले त्यसो गर्नेछन्।’

उनले अगाडि थपे, ‘यो काम सफल बनाउनका लागि म ट्यारिफमा केही कटौती गर्न सक्छु, वा अरू केही कदम चाल्न सक्छु।’