१३ चैत्र, काठमाडौं । समाजवादी मोर्चाले चैत्र १५ गते गर्ने आन्दोलनका रुटहरू सार्वजनिक गरेको छ ।
समाजवादी मोर्चाले राजावादीहरूले सक्रियता बढाएपछि त्यसलाई काउन्टर दिन सडक आन्दोलन गर्न लागेको हो । मोर्चाले भृकुटीमण्डपमा कार्यक्रम गर्दै छ । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, विप्लव नेतृत्वको नेकपा र नेपाल समाजवादी पार्टीले आन्दोलन गर्न लागेका हुन् ।
सार्वजनिक रुटमा माओवादी केन्द्रको र्याली माइतीघर मण्डलाबाट निस्कने छ । सो र्याली बबरमहल, माइतीघर मण्डला, थापाथली, त्रिपुरेश्वर, शहिदगेट, भद्रकाली हुँदै मञ्चमा मिसिने छ । यस्तै, माओवादी केन्द्रले नै कुपण्डोल, थापाथली चोक, त्रिपुरेश्वर, सुनधारा, न्युरोड गेट, शान्तिबाटिका, पुरानो बसपार्क हुँदै त्रिपुरेश्वरको जुलुससँग मिसिने एउटा आन्दोलनको टोली बनाएको छ ।
अर्को टोली त्रिपुरेश्वर, सुनधारा, न्युरोड गेट, शान्तिबाटिका, पुरानो बसपार्क हुँदै मञ्च सुनधाराको जुलुससँग मिसिने बताइएको छ । यस्तै सुनधारा रुटमा नेकपा विप्लवले नेतृत्व गर्ने छ । सुन्धारा, न्युरोड गेट, शान्तिबाटिका, पुरानो बसपार्क हुँदै मञ्चमा विप्लवमा नेताहरूको टोली रहने छन् ।
न्युरोड गेटको रुटमा नसपा रहने छ । न्युरोड गेट, रत्नपार्क, भोटाहिटी, विश्वज्वति हल, घण्टाघर, पुतलीसडक, पद्मोदयमोड हुँदै मञ्च भोटाहिटीमा सोह्र खुट्टेको जुलुससँग मिसिने बताइएको छ । यस्तै, सोह्रखुट्टे, शान्तिबाटिका, मैतीदेवीबाट पनि जुलुसहरू निस्कने छन् । नेकपा एकीकृत समाजवादी मैतीदेवी, पुतलीसडक, पद्मोदयमोड हुँदै मञ्चसम्म जुलुस निकाल्ने छ ।