१३ चैत्र, काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष बाबुराम भट्टराईले नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङले राम्रो काम गरिरहेकाले अहिलै हटाउनु गलत भएको बताएका छन्।
रिपोर्टर्स क्लब नेपाल दाङ शाखाले बिहीबार घोराहीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै भट्टराईले आफू सरकारको नेतृत्वमा भएको भए कुलमानलाई पूरा अवधि काम गर्न दिने बताए।
‘म भएको भए उनलाई चार महिनाको अवधि पूरा गरेपछि बिदाइ गर्थे,’ उनले भने, ‘अहिलै उनलाई चलाउनु सही थिएन।’कुलमानलाई हटाएकोबारे सरकारले जवाफ दिनुपर्ने पनि उनले बताए।