१४ चैत, काठमाडौं । एएफसी महिला एसियन कप अस्ट्रेलिया २०२६ छनोटको ड्र भएको छ ।
आज मलेसियाको क्वालालम्पुरस्थित एएफसी हाउसमा भएको ड्रमा नेपाल समुह एफचमा परेको छ । नेपालको समुहमा उज्बेकिस्तान लाओस र श्रीलंका रहेका छन । ३४ देशलाई चार टोलीका छ देशको समूह र पाँच देश भएको दुई समूहमा विभाजन गरिएको छ । छनोट खेलहरू कम्बोडिया, इन्डोनेसिया, जोर्डन, म्यानमार, ताजिकिस्तान, थाइल्याण्ड, उज्बेकिस्तान र भियतनामले आयोजना गर्ने भएका छन् । आठ समूहका विजेताहरूले मार्च १ देखि २६, २०२६ सम्म तीन आयोजक शहरहरूमा आयोजना हुने एएफसी महिला एसियाली कप खेल्ने छन् ।
एशियाकपका लागि आयोजक अस्ट्रेलिया, फाइनलमा डिफेन्डिङ च्याम्पियन चीन पीआर, पछिल्लो उपविजेता दक्षिण कोरिया र पछिल्लो प्रतियोगितामा तेस्रो भएको जापान स्वत छनौट भएका छन् ।