१४ चैत, काठमाडौं । मधेश प्रदेशले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा जितका साथ यात्रा टुंग्याएको छ ।
आज सिद्धार्थ क्रिकेट रंगशालामा भएको खेलमा बागमती प्रदेशलाई हराउँदै मधेशले चौथो जित निकालेको हो । २ सय ६० रनको लक्ष्य ४६.१ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको हो । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बागमतीले ५० ओभरमा ८ विकेट गुमाएर २५९ रन बनाएको थियो । यस हारका बाबजुद बागमतीको मधेशसहित ३ टिमसँग समान ८ अंक भएपनि नेटरनरेटमा अगाडि रहेर चौथो स्थानमा रहन सफल भयो । उपाधिका लागि शनिबार पुलिस र आर्मी खेल्ने पक्का भइसकेको छ ।