|  

प्रहरीका सई घुस रकमसहित अख्तियारको नियन्त्रणमा 

१४ चैत, काठमाडौं ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयले रुपन्देहीमा कार्यरत प्रहरी नायव निरीक्षक खिमबहादुर खड्कालाई घुससहित पक्राउ गरेको छ ।

प्रहरी चौकी दुर्गौलिया रुपन्देहीमा कार्यरत प्रहरी नायब निरीक्षक (सई)खड्का भन्सार चोरी तस्करी गर्न सहजीकरण गर्ने क्रममा रंगेहात अख्तियारले नियन्त्रणमा लिएको हो ।

३० हजार रुपियाँ नगद लिने क्रममा अख्तियारको टोलीले खड्कालाई पक्राउ गरेको हो । यस विषयमा थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।