|  

समाजवादी मोर्चाले कहाँ-कहाँबाट निकाल्दैछ जुलुस ?

१५ चैत, काठमाडौं । चार दलीय समाजवादी मोर्चाले आज काठमाडौँमा बृहत् जनप्रदर्शन र जनसभाको आयोजना गरेको छ ।

जसअनुसार सोह्रखुट्टे चोक,  बबरमहल (पुलको छेउ), कुपण्डोल (हनुमानथान), त्रिपुरेश्वर चोक, सुन्धारा,  न्युरोड गेट, मैतीदेवी चोकबाट जुलुस निकाल्ने गरी तयारी गरिएको मोर्चाले जनाएको छ । सबै जुलुस भृकुटीमण्डपमा पुगेर दिउँसो १ बजेदेखि जनसभा सुरु हुनेछ ।  समाजवादी मोर्चामा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेसपा र नेकपा रहेका छन ।