|  

आज हुन लागेको राजावादीहरुको प्रदर्शनको आयोजक राप्रपा होइन, हाम्रो प्रदर्शन २६ गते हुन्छः लिङदेन

१५ चैत्र, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले चैत्र १५ गते काठमाडौंमा हुन लागेको राजावादीहरुको प्रदर्शनको आयोजक राप्रपा नरहेको स्पष्ट पारेका छन् ।

तर, यो प्रदर्शनमा राप्रपाको सक्रिय साथ सहयोग रहने उनले बताएका छन् । ‘चैत १५ गतेको कार्यक्रम हामी (राप्रपा) ले घोषणा गरेको होइन । साथीहरूले सल्लाह माग्नुभएको भए हामी त्यसो गर्न (जुधाउन) दिने थिएनौँ होला । तर, यो आन्दोलनको कुरामा राष्ट्रिय प्रजातन्त्र पार्टीको पूरा समर्थन छ ।’

उनले भने । शुक्रबार राजावादीको प्रदर्शन स्वतःस्फूर्त हुन लागेको र त्यसमा राप्रपाले साथ दिने लिङदेनले स्पष्ट पारे । राप्रपाले आफ्नै आयोजनामा काठमाडौंमा चैत २६ गते विशाल प्रदर्शन गर्ने लिङदेनले जानकारी दिए । राप्रपा आन्दोलनमा होमिइसकेको र आवश्यक परे संसदसमेत छाडेर आउने उनले बताए ।