|  

संसदको अवरोध खुलाउन सभामुखद्वारा पहल जारी, जवाफ दिन तयार भएनन् ओली

१५ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली विपक्षीले माग गरे अनुसार संसदमा जवाफका लागि तयार भएका छैनन ।

विपक्षी दलहरूले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीबारे प्रधानमन्त्रीको जवाफ माग गर्दै आएका छन । प्रधानमन्त्रीको जवाफ नआएसम्म सदन चल्न नदिने उनीहरूको अडान छ । संसदको अवरोध खुलाउन सभामुख घिमिरेले भने पहल जारी राखेका छन । सभामुख घिमिरेले प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गरिरहेका छन् । छलफल नयाँ वानेश्वरस्थित संसद भवनमा जारी छ ।

छलफलमा सभामुख घिमिरे, उपसभामुख इन्दिरा राना, एमालेका कुख्य सचेतक महेश बर्तौला, कांग्रेसकी सचेतक शुशिला थिङ रहेका छन् । विपक्षी दलहरूको तर्फबाट माओवादीका प्रमुख सचेतक हितराज पाण्डे, रास्वपाका प्रमुख सचेतक सन्तोष परियार, राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाही लगायत उपस्थित रहेका छन । कुलमान घिसिङको बर्खास्तीबारे प्रधानमन्त्री ओली जवाफ दिन तयार नहुँदा केही दिन देखि सदनको कामकारबाही प्रभावित हुँदै आएको छ ।