१५ चैत्र, काठमाडौं । काठमाडौंको तिनकुनेमा राजावादीको प्रदर्शन सुरु भएको छ ।
राजावादी समूहलाई रिङ्गरोड भित्र छिर्न नदिन बानेश्वर स्थित तीनकुनेको प्रमुख लेनमा प्रहरीले बार लगाइदिएको छ ।
सर्वसाधारणलाई भने साइडको लेन बाट हिँड्न दिएको छ। सुरक्षा व्यवस्था चुस्त राख्न ३५ हजार प्रहरी सडकमा तैनाथ छन् ।