|  

रामेछापबाट लुक्ला उडेको समिटको विमानमा प्राविधिक समस्या, रामेछापमै अवतरण

१५ चैत्र, काठमाडौं । रामेछापबाट लुक्लाका लागि उडेको समिट एयरको जहाजमा प्राविधिक समस्या आएपछि पुनः रामेछाप नै अवतरण गरेको छ ।

शुक्रबार बिहान ८ः४५ बजे उडेको केही बेरमै इन्डिकेटरमा समस्या देखिएपछि रामेछाप नै फिर्ता भएको हो ।समिट एयरको १८ सिट क्षमतायुक्त ‘एलईटी४१०’ सिरिजको यो जहाज अहिले रामेछाप मन्थली विमानस्थलमा छ ।