१५ चैत, काठमाडौं । काठमाडौंमा आज गणतन्त्र पक्षधर र राजसंस्था पक्षधरले छुट्टाछुट्टै प्रदर्शन गरिरहेका छन ।
राजतन्त्र पक्षधरको प्रदर्शन तीनकुनेमा बिहान ११ः३० बजे सुरु भएको थियो । गणतन्त्र पक्षधर समाजवादी मोर्चाको प्रदर्शन भने मध्यान्ह १२ बजे भृकुटीमण्डमा सुरु भएको छ । अहिले एउटा टोली त्रिपुरेश्वरमा भेला भएर भृकुटीमण्डपतर्फ आउँदैछ ।