१५ चैत्र, काठमाडौं । गणतन्त्रवादी र राजावादीहरुले प्रदर्शन सुरु भएको छ ।
समाजवादी मोर्चाको नेतृत्वमा गणतन्त्रवादीको प्रदर्शन भृकुटीमण्डप र राजावादीहरुले नवराज सुवेदी नेतृत्वको समितिमार्फत तीनकुनेमा प्रदर्शन सुरु गरेका छन् । प्रदर्शनका कारण भीडभाड भएपछि ती क्षेत्रका सडकमा सवारी साधनलाई निषेध गरिएको छ ।
ट्राफिक व्यवस्थापन गर्न समस्या हुने भएकोले सवारी साधनलाई अर्कै रुटमा डाइभर्ट गरिएको हो । समाजवादी मोर्चाको प्रदर्शन स्थल भृकुटीमण्डप आसपास क्षेत्रका सडकमा सवारी निषेध गरिएको छ । मोर्चाको रुट परेको कुपन्डोल-थापाथली-त्रिपुरेश्वर, सुन्धारा, शहीद गेट क्षेत्रमा अहिले सवारी पूर्णरुपमा बन्द छन् ।