१५ चैत, काठमाडौं । संसद गतिरोध अन्त्यका लागि सभामुख देवराज घिमिरेले छलफल गरिरहेका छन् ।
सभामुख घिमिरेले बानेश्वरस्थित संघीय संसद भवनमा प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गरे पनि अझै निकास निस्कन सकेको छैन । बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरासिया पनि सहभागी रहेका छन । विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयको विरोध भए पछि बैठक बुधवार अबरोध हुदैँ आएको बैठक अझै सुचारू हुन नसकिरहेको आजका लागि बोलाइएको थियो । बैठक नियमित प्रक्रिया अनुसार अघि बढाउन सभामुख देवराज घिमिरेले संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रमुख सचेतकसँग हिजो दिनभर छलफल गरे पनि हल निस्कन नसक्दा बैठक २ दिन देखी सञ्चालन हुन सकेको छैन ।
प्रतिपक्षी दलले घिसिङलाइ हटाउने निर्णयका बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा जवाफ दिनु पर्ने माग गरिरहेका छन तर प्रधानमन्त्री ओलीले भने एक जना कर्मचारी हटाउने सरकारको निर्णयमा संसदमा जवाफ माग्ने कार्य अनुचित भएको बताएका छन् । उनले आफुले घिसिङ हटाउने बिषयमा संसदमा जवाफ नदिने बताए पछि सत्ता पक्ष र प्रतिपक्ष बिच टक्कर जारी रहेको छ ।