१५ चैत्र, काठमाडौं । म्यानमारमा भूकम्प गएको छ । शुक्रबार बिहान ६.९ म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्पको केन्द्रबिन्दु जमिनबाट १० किलोमिटर गहिराइमा रहेको र यसको स्थान २१.९० डिग्री उत्तर अक्षांश र ९५.६५ डिग्री पूर्व देशान्तरमा रहेको प्रारम्भिक बताइएको छ ।
भूकम्पपछि थाइल्यान्डको राजधानी बैंककमा सयौं मानिसहरू भवनबाट बाहिर निस्किएका थिए ।भूकम्पपछि म्यानमारमा तत्काल कुनै क्षतिको विवरण प्राप्त भएको छैन ।