१५ चैत्र, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले पूर्वराजा ज्ञानेन्द्र स्वयं र दुर्गा प्रसाईंको संयुक्त आन्दोलन सुरु भएको बताएका छन् ।
८६ वर्षीय पूर्वमहापञ्च नवराज सुवेदी नेतृत्वको राजा फर्काउने आन्दोलनमा जनपरिचालन कमान्डर तोकिएका प्रसाईंले राजा आफैँ आन्दोलनको अंश भएपछि अब गणतन्त्रवादीहरूका दिन सकिएको बताए ।
‘गणतन्त्रवादी सिध्याउन एक्लो दुर्गा प्रसाईं काफी थियो । म एक्लैले गणतन्त्रवादीलाई आच्छुआच्छु बनाएको तपाईंहरूले देखिसक्नुभएको छ,’ प्रसाईंले भने, ‘अब त यो आन्दोलन दुर्गा प्रसाईं र राजाले संयुक्तरूपमा सुरु गरेको आन्दोलन हो । गणतन्त्रवादीले आफ्नो सुरक्षा खोज्दा हुन्छ ।’
राजावादीले आज काठमाडौंको तीनकुनेमा प्रदर्शन गर्दैछन् । प्रदर्शन सुरु भइसकेको छ ।