१५ चैत, काठमाडाैं । दुईपाङ्ग्रे सवारीसाधन उत्पादक गोगोरोले नेपालले ब्याट्री स्वापिङ प्रविधि भित्र्याएको छ ।
गोगोरोले इलेट्रिक स्कुटरको डिस्चार्ज भएको ब्याट्री ६ सेकेन्डमै फुल चार्ज हुने ब्याट्री स्वापिङ प्रविधि भित्र्याएको हो । ब्याट्री स्वापिङ प्रविधिमा गागोरोले इलेक्ट्रिक स्कुटरको ब्याट्री स्वाप गर्न जम्मा ६ सेकेण्डमात्र लाग्ने प्रविधि भित्र्याएको गोगोरो नेपालका प्रतिनिधि चिरञ्जिवी शाहले बताए । उनले काठमाडौंका ब्याट्री स्वापिङ स्टेसनहरु काठमाडौंका ४५ वटा स्थानमा स्थापना गरिसकेको बताए । उनले काठमाडौं उपत्यकाबाट शुरुवात गरिएको प्रविधि बिस्तारै देशका अन्य शहरहरुमा समेत विस्तार गरिने बताए । उनले गा्रहकले डिस्चार्ज भएको ब्याट्री घरमा चार्ज गर्दा ६ देखि ८ घण्टा लाग्ने भएको कारण सहजता लागि उक्त प्रविधि सञ्चालनमा ल्याइएको बताए ।
नेपालमा पेट्रोल स्टेशनहरू जत्तिकै ब्याट्री स्वापिङ स्टेशनहरू स्थापना गर्ने गोगोरोको योजना रहेको समेत उनले बताए ।