१५ चैत, काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले सदन अवरोध गरेर मात्रै समस्या समाधान नहुने बताएका छन् ।
आजको राष्ट्रिय सभा बैठकमा प्रमुख प्रतिपक्ष दलसहितका प्रतिपक्ष दलहरुले सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएको भन्दै प्रधानमन्त्रीको जवाफ माग गरी संसद अवरोध गरेका छन् । अवरोधपछि राष्ट्रिय सभा सदस्यहरुलाई बसेर कारबाही अघि बढाउन सहजीकरण गरिदिन आग्रह गर्दै अध्यक्ष दाहालले समस्याको समाधान सभा अवरुद्ध गरेर नहुने बताएका हुन् । अध्यक्ष दाहालले राजनीतिक दलहरुको सक्रियाताबाट नै समस्या समाधान गर्नुपर्ने बताए । सत्तापक्ष र प्रतिपक्ष एक–एकतिर कानमा तेल हाले बसेर मात्रै समस्या समाधान नहुने जिकिर गरे ।राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले सदन अवरोध गरेर मात्रै समस्या समाधान नहुने बताएका छन् ।