|  

सम्बोधन स्थलबाट राजावादीले भने- मञ्चमा आउनुहोस् !

१५ चैत, काठमाडौं । तीनकुनेमा राजावादी समर्थक र प्रहरीबीच झडप भएपछि सम्बोधन स्थलमा पुनः नेताहरू फर्किएका छन ।

झडप भएपछि राजावादी नेताहरू सम्बोधन स्थल छाडेर सडक निस्किएका थिए । सम्बोधन स्थल फर्किएका नेताहरूले प्रदर्शनकारी मञ्चमा आउन आग्रह गरिरहेका छन् । दुर्गा प्रसाईँ, नवराज सुवेदी, धवल शमशेर राणा लगायतका नेताहरूले अहिले सम्बोधन स्थलबाट प्रदर्शनकारीलाई मञ्चमा आउन आग्रह गरिरहेका छन् । तर प्रदर्शनकारीहरू प्रहरीसँग मुठभेट गरिरहेको देखिन्छ ।

सम्बोधन स्थलबाट मञ्च आउनुहोस साथीहरू मञ्च भनेर नेताहरूले भनिरहेका छन् ।