१५ चैत्र, काठमाडौं । शुक्रबार म्यानमार केन्द्रबिन्दु बनाएर शुक्रबार गएको ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पबाट बैंककमा निर्माणाधीन ३० तले भवन ढल्दा ४३ श्रमिक फसेका छन् ।
थाइल्यान्ड राजधानीको उत्तरी भेगमा रहेको यो भवन केही सेकेन्डमा भग्नावशेषमा परिणत भएको प्रहरीले जनाएको छ ।
शुक्रबार दिउँसो सागिङ सहरको उत्तरपश्चिममा ७.७ म्याग्निच्युडको भूकम्प गएको हो । केही मिनेटपछि सोही क्षेत्रमा ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।