१५ चैत, काठमाडौं । नेकपा (माओवादी केन्द्र) की उपाध्यक्ष पम्फा भुसालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजनीति नै गर्ने भए दल खोल्न सुझाव दिएकी छन् ।
आज समाजवादी मोर्चाले गरेको समाजवादी मोर्चाको कार्यक्रममा उनले यस्तो बताएकी हुन् । उनले भनिन, ‘राजनीतिको रहर छ भने आफैँले दल खोल वा कुनै राजावादी दलको अध्यक्ष बनेर राजनीतिमा आऊ ।’
उनले जितर दुईतिहाइ ल्याएर प्रधानमन्त्री वा राष्ट्रपति बने स्वीकार गर्न तयार रहेको बताइन । उनले सत्तासीन हुने दिवास्वप्न नदेख्न चुनौती दिइन । भुसालले सरकारलाई पनि सच्चिन आग्रह गरिन ।