|  

तीनकुनेमा राजावादीको अराजकता, आगो निभाउन आएको दमकलमाथि ढुंगा प्रहार

१५ चैत, काठमाडौं । तीनकुनेमा आगो निभाउन आएको दमकलमाथि प्रदर्शनकारीले ढुंगा प्रहार गरेका छन् ।

प्रहरीसँगको झडपपछि प्रदर्शनकारीले स्थानीयको एक घरमा आगो लगाएका थिए ।आगो बलेपछि निभाउन दमकल आएको हो ।

प्रदर्शनकारीहरूले दमकललाई लक्षित गरेर लगातार ढुंगा प्रहार गरिरहेका छन् ।