१५ चैत, काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले वर्तमान गणतान्त्रिक व्यवस्थाप्रति आफूहरुलाई गौरव रहेको बताएका छन् ।
गणतन्त्रको विकल्प चिहानमा गइसकेको राजतन्त्र हुन नसक्ने भन्दै उनले प्रजातन्त्रको सपना नदेख्न चुनौति दिए । उनले भने, ‘८६ वर्षको वृद्धलाई राजतन्त्र फिर्ता ल्याउने कमाण्डर बनाइएको छ । यसले पनि उनीहरु हालत प्रष्ट हुन्छ । ’
उनीले आफूहरु गणतन्त्रभन्दा अघि समाजवादतिर जान चाहेको बताए । उनले सामन्तवादका भुतहरुको हैकम अब नेपाली जनताले नस्वीकार्ने बताए ।