|  

तीनकुनेमा प्रदर्शनकारीले खाेसे सुरक्षाकर्मीले बाेकेको बन्दुक

१५ चैत, काठमाडौं । काठमाडौंको तीनकुनेमा प्रदर्शनकारीले सुरक्षाकर्मीले बोकेको बन्दुक खोसेका छन ।

राजावादी प्रदर्शन उग्र बनेपछि भीड नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । प्रदर्शन र सभा बिथोलिएको केहीबेरमा तीनकुनेस्थित एक घरमा आगजनी भएको छ । आगो निभाउन पुगेको एम्बुलेन्समाथि समेत प्रदर्शनकारीले ढुंगामुढा गरेका छन् ।  अहिले पनि तीनकुने क्षेत्र तनावग्रस्त बनेको छ ।