१५ चैत, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीनकुनेमा राजवादीहरूले अराजकताको पराकाष्ठा देखाएको टिप्पणी गरेका छन् ।
समाजवादी मोर्चाले भृकुटीमण्डपमा गरेको कार्यक्रममा उनले भने, “बाह्र वर्ष ढुंग्रामा हाले पनि कुकुरको पुच्छर बांगाको बांगै भनेजस्तो त्यहाँको सभा मण्डले अराजकताको पराकाष्ठा भएको छ । सबै प्रतिगामी निरंकुशतावादीको प्रतिकजस्तो बनेको छ ।” उनीहरूले घरमा आगो लगाएको प्रचण्डले बताए । पुलिसमाथि ढुंगा प्रहार भएको प्रचण्डको भनाइ छ । “राजावादीहरूले एकदुईजना मान्छे मारेर देशभर आतंक फैलियोस् भन्ने चाहेका छन्,” प्रचण्डले टिप्पणी गरे, “त्यो राजावादीहरूको चरित्र हो ।”