|  

प्रहरीले लुकेर अश्रु ग्यास र लाठी प्रहार गरेको दुर्गा प्रसाईकाे आरोप

१५ चैत, काठमाडाैं । राजावादी आन्दोलनका कमाण्डर दुर्गा प्रसाईं आन्दोलन स्थलबाट भागेर आन्दोलन नरोक्न आग्रह गरेका छन् ।

प्रसाईँले फेसबुकमा स्टाटस लेख्दै आफू रहे पनि नरहे पनि आन्दोलन नरोक्न भनेका हुन । प्रसाईँले कार्यक्रम स्थलतर्फ जाँदै गर्दा नै प्रहरीले लुकेर अश्रु ग्यास र लाठी प्रहार गरेको र कार्यक्रम नै गर्न नदिएको आरोप लगाएका छन् । प्रहरीको दमनकै कारण निजी सम्पत्तिमा क्षति पुगेको, आन्दोलनकारी र प्रहरी घाइते भएको उनले बताएका छन् ।