१५ चैत, काठमाडौं । राजावादीहरुको प्रदर्शन, प्रहरीसँग झडप, घर तोडफोड जस्ता कारण तनावग्रस्त बनेको काठमाडौंको तीनकुने क्षेत्रमा कफ्र्यु लगाइएको छ ।
व्यक्तिका घर, पसल, सञ्चार गृह र सरकारी सम्पत्तिमा आगजनी हुन थालेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले क्षेत्रमा कफ्र्यु लगाएको हो । तीनकुने क्षेत्रमा अराजकता बढ्दै गएको, सुरक्षाकर्मी र दमकलमाथि आक्रमण गर्ने क्रम बढेपछि स्थिति नियन्त्रणमा लिन कफ्र्यु लगाउने निर्णय गरिएको जनाइएको छ ।
गृह मन्त्रालयमा गृहमन्त्री रमेश लेखक, प्रहरी महानिरीक्षक दीपक थापा, काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीसहितको छलफलपछि कफ्र्यु लगाउने निर्णय भएको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौंका सूचना अधिकारीसमेत रहेका सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीले यसबारे केही बेरमा सूचना सार्वजनिक हुने बताए । राजावादी समूहले काठमाडौंको आलोकनगरस्थित नेकपा एकीकृत समाजवादीको कार्यालयमा तोडफोड गरेको छ । प्रदर्शनकारीहरुले पेरिसडाँडामा रहेको माओवादी पार्टी कार्यालयमा समेत आक्रमण प्रयास गरेका थिए ।
उनीहरूले तीनकुनेका विभिन्न घर तथा भवनमा तोडफोड गर्नुका साथै आगजनीसमेत गरेका छन् । प्रहरी हस्तक्षेपका कारण तीनकुनेमा राखेको सभा बिथोलिएपछि राजावादीहरू प्रहरी घेरा तोड्दै अघि बढेका थिए । त्यसपछि प्रहरीसँग झडप भएको थियो। झडपका कारण उक्त क्षेत्र पछि अवस्था तनावग्रस्त बनेको छ ।
कर्फ्यु लागेपछि त्यो क्षेत्रमा के गर्न पाइँदैन ?
कर्फ्यु जारी भएपछि सार्वजनिक स्थानमा जान वा हिँडडुल गर्नुमा रोक लगाइन्छ । गाडी चलाउनु, साइकल चलाउनु, वा पैदल यात्रा गर्नु कर्फ्यु समयमा प्रतिबन्धित हुन्छ । अत्यावश्यक कामका लागि जस्तै, अस्पताल जान, औषधी लिनु वा अन्य अत्यावश्यक कार्यका लागि बाहिर जान अनुमति दिइन्छ । कर्फ्यु समयका दौरान सामाजिक दूरी कायम राख्नका लागि भीड जम्मा गर्नु वा सभा गर्न निषेध हुने बताइएको छ ।
कुनै प्रकारका सांस्कृतिक, सामाजिक वा धार्मिक गतिविधिहरू गर्ने अनुमति हुँदैन । कर्फ्यु लगाउनु उद्देश्य भनेको जन स्वास्थ्य र सुरक्षा सुनिश्चित गर्नु, सामाजिक शान्ति कायम राख्न र महामारी वा कुनै संकटको समयमा जनजीवनलाई सुरक्षित राख्नु हो ।