१५ चैत, काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख तथा एसएसपी विश्वराज अधिकारी अब केहीबेरमा स्थिति नियन्त्रणमा आउने बताएका छन ।
ठूलो संख्यामा प्रहरी थप पठाइएको र अन्य युनिटबाट समेत थप टोली आएकाले अब स्थिति नियन्त्रणामा आउने बताए । राजावादी समूहले व्यक्तिको घरमा आगजनी र तोडफोड समेत गरेका छन् । राजावादीहरूले गरेको प्रदर्शनमा तीनकुने क्षेत्रमा तनाव भएपछि उनी आफैं पनि खटिएका थिए ।
त्यसैगरी प्रशासनले कफ्र्यु लगाएको छ ।