१५ चैत, काठमाडौं । गृहमन्त्री रमेश लेखकले दुर्गा प्रसाईंले आफैले गाडी चलाएर प्रहरीलाई मार्न खोजेको आरोप लगाएका छन् ।
मन्त्री लेखकले राजावादीको आन्दोलनमा प्रहरीले संयमता र धैर्यता अपनाएको भन्दै उदण्डताको अगाडि केही नलागेको बताए । मन्त्री लेखकले निजी सम्पत्ति आगजनी गर्ने र मिडिया हाउसमा आक्रमण गर्नेलाई कानुन बमोजिम कारबाही गर्ने चेतावनी दिए । राजावादी आन्दोलनकारीहरूको अनियन्त्रित भिडले काठमाडौंको कोटेश्वर र तीनकुने क्षेत्रमा निजी सम्पत्तिमा आगजनी र मिडिया हाउसमाथि आक्रमण भएको छ ।
साथै, नेकपा एकीकृत समाजवादी पार्टीको कार्यालयमा आगजनी भएको छ । प्रहरी भिड नियन्त्रणमा चुकेको देखिएको छ ।